काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । यससँगै २ हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरेको छ ।रातह सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ […]
काठमाडौँ, १३ कात्तिक – राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा […]
अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
काठमाडौँ, ३ असोज : संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन । आवासको हक कार्यान्वयनमा जान नसक्नुको मुख्य कारण संविधानमा मौलिक हकका रुपमा राखिएका विषयको कानून तीन वर्षमा बनिसक्नुपर्नेमा त्यसो हुन नसक्नु नै हो । संविधानको धारा ३७ (२) […]
काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको १२ वटा मुख्य श्रम गन्तव्य मुलुकस्थित नेपाली राजदूतसमेतको बैठकले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित […]