हर्टयाट्याकको जोखिम पुरुषलाई भन्दा महिलालाई बढी किन हुन्छ ?

यी तीन तत्वले महिलामा पुरुषमा भन्दा हृदयाघातको जोखिम बढाउँछन्–

तपाईंलाई हृदयाघातको जोखिम बढी हुने गर्छ, यदि तपाईंको जीवनशैली अस्वस्थकर छ वा निष्क्रिय छ भने । तर, यहाँ केही यस्ता तथ्य छन्, जसले तपाईंमा हृदयाघातको जोखिम बढाउन सक्छन्, विशेषतः तपाईं महिला हुनुहुन्छ भने।

अक्सफोर्ड युनिभर्सिटीका रिसर्चरले हालै गरेको एक अध्ययन, जुन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित पनि भइसकेको छ, ले कसरी लिंगका आधारमा हृदयाघातको जोखिम फरक पर्छ भन्ने उल्लेख गरेको छ । यो अध्ययनका लागि अनुसन्धानकर्ताले युकेका करिब पाँच लाख वयष्क (४० देखि ६९ वर्ष) उमेर समूहका (२००६ देखि २०१०) बीचमा बायोबैंक डाटाबेसको मूल्यांकन गरेका थिए । तिनीहरूले सहभागीहरूको सम्पूर्ण मेडिकल हिस्ट्री अध्ययन गरेका थिए र करिब ७ वर्षसम्म फलो गरेका थिए ।

हृदयाघातका अन्य धेरै रिक्स फ्याक्टर पनि पुरुषमा भन्दा महिलामा बढी हुन्छन् । यौनजन्य रिक्स फ्याक्टरहरू, उमेर बढ्दै जाँदा हुने मुटुसम्बन्धी अन्य समस्याहरू जब महिलामा देखिन्छन्, उनीहरूमा पुरुषभन्दा बढी हृदयाघातको जोखिम हुन्छ ।

नतिजाको विश्लेषणपछि उनीहरूले पत्ता लगाएका थिए कि, उच्च रक्तचाप, धूमपान तथा मधुमेह, यी ३ फ्याक्टरले महिलामा हृदयाघातको जोखिम पुरुषमा भन्दा बढी हुन्छ । वास्तबमा हाइपरटेन्सनबाट ग्रस्त महिलामा हृदयाघातको जोखिम उस्तै समस्या भएको पुरुषमा भन्दा ८३ प्रतिशतले बढी हुन्छ । त्यसैगरी, धूमपान गर्ने महिलामा धूमपान गर्ने पुरुषको तुलनामा उच्च रक्तचापको जोखिम ५५ प्रतिशत बढी हुन्छ । र, मधुमेह भएका महिलामा त्यस्ता पुरुषभन्दा हृदयाघातको जोखिम ४७ प्रतिशतले बढी हुन्छ ।

हृदयाघातका अन्य धेरै रिक्स फ्याक्टर पनि पुरुषमा भन्दा महिलामा बढी हुन्छन् । यौनजन्य रिक्स फ्याक्टरहरू, उमेर बढ्दै जाँदा हुने मुटुसम्बन्धी अन्य समस्याहरू जब महिलामा देखिन्छन्, उनीहरूमा पुरुषभन्दा बढी हृदयाघातको जोखिम हुन्छ ।

वैज्ञानिकहरू भन्छन् कि, जब हृदयाघातको जोखिम पुरुषमा भन्दा महिलामा ३ गुणा बढी हुन्छ भने मुटुरोगसम्बन्धी जनचेतनाका अभ्यासहरू पनि महिलामा नै फोकस गरिनुपर्छ ।

नतिजापछि अनुसन्धानकर्ताहरूले सुझाब दिएका छन्,

– क्लिनिसियनहरू भिजिल्यान्ट हुनुपर्छ, जब तिनीहरूको महिला प्यासेन्ट बिरामी हुँदै जान्छन्, धूमपान गर्छन्, मधुमेहका रोगी छन् वा उच्च रक्तचापबाट पीडित छन् भने क्लिनिसियनहरूले तिनीहरूलाई मुटुरोगको जोखिमबारे अवगत गराउनुपर्छ ।

यो अनुसन्धानको नतिजाले उजागर गरेको छ कि– मधुमेह, उच्च रक्तचाप भएका र धूमपान गर्ने महिलामा तौलनियन्त्रण, साथै गाइडलाइनबेस ट्रिटमेन्टको पहुँचको आवश्यकता छ ।

अनुसन्धानकर्ताले अध्ययनमा केही सीमितता पनि महसुस गरेका छन् । जस्तै, धेरै सहभागी श्वेत तथा उच्च सामाजिक, आर्थिक अवस्थाका थिए। भविष्यको अनुसन्धानका लागि उनीहरूले विविध पृष्ठभूमिका मानिस, विविध उमेर समूहका र विविध सामाजिक, आर्थिक अवस्थाका मानिसको सहभागिता हुने आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *