सय कडा दश हेरपछि प्रदेश नंबर ३ का मुख्यमन्त्री पौडेलले भने, ‘फिल्म यूनिटलाई धन्यवाद’

प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रर्दशनरत फिल्म ‘सय कडा दश’ हेरेका छन्। हेटौँडाको एन एस सिनेमा हलमा फिल्म हेरेपछि उनले नेपाल सरकार तथा प्रदेश नंबर ३ सरकार समेत भ्रष्ट्राचार न्युनिकरणमा लागेको भन्दै चलचित्रको माध्यमबाट समाज सुधारको अभियानमा लागेकोमा फिल्म युनिटलाई धन्यवाद समेत दिए ।

फिल्मको विषयमा बोल्दै प्रदेश नंबर ३ की सांसद मुनु सिग्देलले फिल्मले नेपाली समाजमा ब्याप्त भ्रष्ट्राचार र त्यसले समाजमा पारेको प्रभावको विषयमा गम्भिर ढंगबाट उठान गरेको बताईन् ।

हेटौँडामा फिल्मको थप प्रचारका लागि फिल्मका कलाकार मनोज गजुरेल, उत्सव न्यौपाने सहित चलचित्रकी निर्माता रज्जु प्रधान, उत्तम खत्रि, निर्देशक रामशरण पाठक लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *