म नै नरहुं !

उत्तम रिमाल

 

म तिमिले चाहेको पात्र बन्न नसँकुला

तर कथाले मागेको

वास्तविकताले खोजेको

मनले रोजेको

म आफू नै छु

म म नै हुं !

 

हो म तिमिलाई माया गर्छु

साँच्चै धेरै माया गर्छु

अत्ती धेरै माया गर्छु

तर तिमिलाई

मेरो जिन्दगीको ड्राइभर बनाउँन

सक्तै सक्तिन्

सकेपनि बन्न दिन्न्।

यो मन चाहदैन

तिमिलाइ मन पराउदाको म

तिमिले मन पराउदा

म नै नरहुं !

 

मानिसहरु

एक कलको भरमा

अस्पतालको ईमर्जेन्सी तिर

जति हतासमा जान्छन नि

त्यो भन्दा चौपट्टै हतार

तिमिलाइ मेरो कहानिमा

मिसाउन भएको छ

आफू तिम्रो जिन्दगीमा

मिसिन भएको छ।

 

तै पनि खै

तिमिले रुचाउने खालको

तिम्रो इसारामा चल्ने रोबर्ट

बन्न सकिरहेको छैन

आहा ! म आफैले आफैलाई

कति चोखो प्रेम गर्दो रहेछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *