नेयमार पुन टिम बाहिर, १० हप्ता आराम गर्ने

एजेन्सी । ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार करिब दश साता मैदान बाहिर रहने भएका छन् । पैतालामा चोटको समस्या बल्झिएपछि उनी करिब साँढे दुई महिना मैदान बाहिर रहने पक्का भएको हुन् ।

उनले च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाईटेडविरुद्वको दुवै लेगको खेल गुमाउनेछन् । जनवरी २३ मा फ्रेन्च कपको दौरान ब्राजिली स्टार नेयमारले चोट बोकेका थिए ।

पीएसजीले अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा फेब्रुअरी १२ मा ओल्डट्राफोर्डको भ्रमण गर्दैछ । उसले मार्च ६ मा घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ ।

क्लबले बिज्ञप्ती जारी गर्दै मेडिकल टिमको निर्णयमा नेयमार सहमत भएको र करिब १० हप्तामा उनी मैदान फर्कन प्रयास रहने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *