नेपाल आज युएईसँग दोस्रो खेल खेल्दै, कस्तो रहला प्रदर्शन ?

काठमाडौं ।

युनाइटेड अरब एमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) ट्वान्टी—२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगतको दोस्रो खेल खेल्दैछ । आईसीसी एकेडेमी ओभलमा आज नेपालले दिउँसो पौने ३ बजे दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको नेपाल उत्कृष्ट पुनरागमनको खोजिमा रहेको छ ।

शृङ्खलाको पहिलो खेल जितेको घरेलु टोली आजको खेलमा उच्च मनोवलका साथ मैदान उत्रिनेछ । युएईमाथि नेपाली ब्याट्सम्यान तथा बलर हावी हुन नसके पुनरागमन भने सहज छैन् ।

यद्यपी पहिलो खेलमा हार बेहोरेको नेपाल एक दिवसिय अन्तराष्ट्रिय शृङ्खलामा जस्तो उत्कृष्ट कमब्याग गर्न सक्छ ।

एकदिवसिय अन्तराष्ट्रिय शृङ्खलामा नेपाल पहिलो खेलमा पराजित हुँदै दोस्रो खेलबाट उत्कृष्ट कमब्याग गर्दै शृङ्खलामा कब्जा जमाएको थियो ।

युएईविरुद्धको खेलमा अग्रपङ्ती तथा मध्यक्रमका ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा पराजय बेहोरेको थियो ।

बिहीबारको खेलमा नेपालबाट अन्तराष्ट्रिय ट्वान्टी—२० मा रोहित कुमार पौडेल, अभिनास बोहरा तथा सन्दीप जोराले डेब्यु गरेका थिए ।

डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले डेब्यु खेलमै अर्धशतक पुरा गर्ने कान्छो खेलाडीको किर्तीमानी राखेका बनाएका छन् । सन्दीपले अर्धशतक बनाउँदापनि नेपाल भने पाजित भएको थियो ।

यसअघि युएईसँगको एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला २—१ ले जितेको नेपालका लागि टि—२० शृङ्खलामा पनि आफुलाई बलियो देखाउनु चुनौति रहेको छ । आफुलाइृ युएईभन्दा बलियो देखउन पनि नेपालले आजको खेल जित्नै पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *