नागरिक समावको अगुवाको आग्रहमा  २४ दिनपछि अनशन तोडे केसीले

काठमाडौ ।अन्तत अनशनको  २४ औ दिनपछि डाक्टर गोविन्द केसीले १६औ अनशन तोडेका छन्। उनले नागरिक समाजको आग्रहमा एकलौटी रुपमा अनशन तोडेका हुन्। सरकार माग पुरा गर्न र वार्ता गर्न सकरात्मक नभएपछि नागरिक समाजका अगुवाहरुले उनलाई अनशन तोड्न आग्रह गरेका थिए।

अनशन ताड्ने क्रममा उनले जारी गरेको अपिलमा सबै नागरिकप्रति धन्यावाद व्यक्त गर्दै चिकित्सा शिक्षा विधेयकमा नपरेका विषयहरुका लागि निरन्तर संघर्ष जारी रहने उल्लेख गरेका छन्।

विज्ञप्तीमा भनिएको छ, ‘तर चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु।’

२४ दिनअघि पूर्वी पहाडी जिल्ला इलाम पुगेर अनशन बसेका थिए। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई काठमाडौँ ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *