करीव चार बर्षदेखि संचालनमा रहेको रिदम म्युजिकले गितार कक्षा, गायन कक्षा, कभर गीतहरुका साथै विभिन्न चलचित्रका गीत अनि बिज्ञापनहरु रेकर्ड गर्दै आइरहेको छ ।
उक्त संस्थाले यस बर्षदेखि साँगितिक क्षेत्रमा एउटा बेग्लै नयाँ काम सुरुवात गर्दैछ ।
रिदम म्युजिकले सिजन वान अन्तर्गत यस बर्षदेखि “अ ट्रिब्युट टु लेजेन्डस्” शीर्षकमा “एड्ज” ब्याण्डको कुनै पनि गीत गाएर प्रतिस्पर्धामा भाग लिनसक्ने प्रतियोगिता सुरु गरेको छ ।
रिदम म्युजिकका संचालक रकि धासुका अनुसार उक्त प्रतियोगीतामा सहभागिताको लागी काठमाडौँ उपत्यकामा बसोबास गर्ने सहभागीहरुले सकेसम्म रिदम म्युजिकको स्टुडियोमै आएर अडिसन दिने अनि उपत्यका बाहिर र विदेशमा बसोबास गर्नेहरुका लागि इमेल मार्फत आफ्नो गीत सफा सुनिने आवाज अनि स्पष्ट भिडियो खिचेर पठाउन सक्ने ब्यवस्था गरेका छन ।
उक्त प्रतियोगीतामा उत्कृष्ट छनोट प्रक्रिया, युट्युबमा हुने भ्यूजको आधारमा हुने रकि धासुले बताए । साथै प्रतियोगीतामा प्रथम हुनेले रिदम म्युजिकबाट पुरस्कार स्वरुप साठी हजार बराबरको अडियो र भिडियो सहितको एउटा आफ्नै ओरिजिनल गीत बनाउन पाउने अवसर दिनेछ ।
अडिसन शुरु भईसकेको छ भने, अब जम्मा तीन दिनमात्र बाँकी छ । तर सहभागीहरु अझ आउँदै गरेकाले अझ थप केही दिन अडिसन लिने रकि धासुले बताए ।
रिदम म्युजिकका संचालक रकि धासुको आफ्नै भाषामा :
“गायन प्रतियोगिताका नाममा, हाम्रो देशमा हुने रियालिटी शो हरुमा विभिन्न तरिका अपनाई पैसा असुल्ने गरेको हुनाले, हामी सहभागीसँग कुनैपनि किसिमबाट सहभागीको एक रुपैया पनि खर्च गराउँदैनौं । र अर्को कुरो, प्रथम हुनेलाई जे जति पुरस्कारको ब्यवस्था गरेका छौं, त्यसका लागि कसैसँग एक रुपैयाको पनि सहयोग माग्ने तथा प्रायोजन गर्ने व्यक्ती वा संस्थासँग सम्पर्क गरेका छैनौं ।”
सहभागिता अनि थप जानकारी का लागि :
संचालक : ९८०३७२०५१५
gmail id : rhythmmusic2005@gmail.com