भारतको पोस्टमा नेपालको २ गोलदेखि आइसिसी वरियतामा नेपालको छलाङसम्म १९ खबर एउटै क्लिकमा

1. जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेको प्रधानमन्त्रीको दाबी :  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।सोमवार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको दावी गरे ।

2. खुकुरी देखाउदै ७० वर्षीय हजुरबुवाद्धारा १३ वर्षीय नातिनी बलात्कृत :  खुकुरी देखाउँदै आफ्नै १३ वर्षीय नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा  ७० वर्षीय हजुर बुवालाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको मालिका गाउँपालिका घमिरका ती ७० वर्षीय बृद्धलाई  लुकेर बसेको अबस्थामा भारतको आशम बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

3. अब गरीबले उपचार नपाएर मर्नु पर्दैन – प्रचण्ड  :  नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । उनले संविधानमा शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अबको दिनमा गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका हुन् ।

4. नेविसंघका अध्यक्ष नैनसिंह महरको राजीनामा :  नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमवार पदबाट राजीनामा दिएका हुन् ।

5. व्यास नगरपालिकाको आय एक अर्ब २० करोड :  तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५र७६ का लागि एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ । सोमवारदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

6. प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैन मुख्यमन्त्री पौडेल   :  मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैँबाट शुरु गर्न अनुरोध गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो भने ।

7. उपत्यकाबाट हराएका सवारी छिमेकी जिल्लामा फेला  : फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्यो ।

8. कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा :  ललितपुरको कार्पेट गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । भैंसेपाटी २५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा आज दिउँसो १ बजेबाट आगोलागि शुरु भएको थियो ।

9. आइसीसी टी- ट्वान्टी वरियतामा कप्तान पारस, सोमपाल र बसन्तको छलाङ  :  नेपालका युवा खेलाडी सोमपाल कामीले अन्तर्राष्ट्रिय टी(ट्वान्टी क्रिकेटको बलिङ वरियतामा छलाङ मारेक छन । अन्तर्रराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले सोमवार जारी गरेको नयाँ टी(ट्वान्टी क्रिकेटको बलिङ बरियतामा सोमापालले २२ स्थान सुधार गर्दै ७० औँ स्थानमान उक्लिएका छन।

10. संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरु प्रदर्शनमा उत्रिय : आजपनि सरकारी डाक्टरहरुले  काठमाडौंमा प्रदर्शन गरेका छन् ।संघीय निजामती सेवा विधेयकको विरोध गर्दै उनीहरु प्रदर्शनमा उत्रियका हुन् ।

1. संकटा बुढ़ासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश :  संकटा क्लब जारी बुढ़ासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा  प्रवेश गरेको छ । धरानमा सोमवार भएको खेलमा संकटा क्लबले झापाको मेची नेत्रलायलाई सडनडेथमा पराजित गर्दै अन्तिम ४ मा पुगेको हो ।

12. सवारी दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’ :  चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

13. सर्वसाधारणको गुनासो  – ट्रक खुलेको बाह्र वर्षमा  सडक बनेन  :  जाजरकोटको खलङ्गा पाँचकाटीया २३ किलोमिटर सडकको ट्रयाक ‘सडकमार्ग’ खुलेको १२ वर्ष बित्यो । तर, सम्बन्धित निकायले खलङ्गा पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् ।

14. सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो :  मितव्ययी हुने सरकारी नीति भएपनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ  ।मर्मत गरेर गाडी चलाउनुको साटो सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा रहेका छन् ।

15. दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्ब :  संघीय संसद्को अर्थ समितिले नौ दूरसञ्चार सेवा प्रदायकबाट झन्डै तीन अर्ब रुपैयाँ बक्यौता तत्काल उठाउन र नतिरेमा इजाजत रद्दसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले एक महिनाभित्र उक्त बक्यौता असुलउपर गराउन अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति कृष्णप्रसाद दाहालले बताए।

16. बल्ल २६२ सांसदले बुझाए पिएको बैंक खाता :  चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव पिएको तलब दुई महिनादेखि रोकिएको छ । उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । ३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ ।

17. सरकार र अमेरिकी दूतावास दुवैले भेनेजुएलाबारे विवाद नचर्काउने : सरकार र अमेरिकी दूतावास दुवैले भेनेजुएलाबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यपछि चर्केको विवाद नतन्क्याउने भएका छन्। भेनेजुएला प्रकरण निकै चर्किएपछि विवाद मत्थर पार्न सरकारले अग्रसरता लिएको हो।

18. सेनाको गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट खरिद प्रक्रियामा डरलाग्दो चलखेल :  नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट ९एम्युनेसन० खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो ।

19.भारतको पोस्टमा नेपालको २ गोल: नेपालले हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतबिरुद्ध २–१ को रोमान्चक जित निकालेको छ । पाचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागी  नेपाल पहिलो खेलमा म्यानमारसँग ३–० को गोलअन्तरले पराजित भएको थियो । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *