प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चासो

डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिद प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने सपना बोकेर हरेक वर्ष प्लस २ साइन्समा जुझारु अनि राम्रो अकं ल्याएका बिधार्थीहरुको भर्ना हुन्छ । यि बिधार्थीहरुमा लगाव, मेहनत अनि प्रतिस्पर्धा पनि धेरै नै हुन्छ, यस प्रतिस्पर्धा अनि लगावका बिच प्लस २ साइन्सका बिधार्थीहरु प्लस २ पश्चात मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै प्रवेश परीक्षामा संलग्न हुन्छन् । अनवरत तयारी अनि शिक्षा आर्जनको सपनामा यि बिधार्थीहरु केहि मेडिकल, केहि ईन्जिनियरिङ अनि अन्य थुप्रै स्ट्रीमहरुमा भर्ना हुने अनि उच्च शिक्षाका लागि बिदेश जाने क्रम बढ्दो छ ।

अहिलेको परिवर्तित परिपेक्ष्यमा हुने अधिकांश बिश्वस्तरिय कलेज र कोर्सका पढाईहरु अनलाईन मार्फत पनि हुने देखिन्छ र यस क्रममा नेपाली कलेजहरुको अनलाईन अध्यापन अनि प्रविधिमैत्री शिक्षण पद्धति आजको आवश्यक्ता पनि हो ।

आगामी दिनहरुमा आईओई, आईओएम लगायतका प्रवेश परीक्षाहरुपनि अनलाईन हुने तयारीका कुराहरु छन् साथै बिभिन्न बिदेशी परीक्षाहरु जस्तै आइएल्टस, स्याट, टफल, भारतको नीट यूजी र पीजी, एमसीआई लगायतका प्रवेश परीक्षाहरु अनलाइन सञ्चालन भइरहेको र हजारौंका संख्यामा नेपाली बिधार्थीहरुको ति परीक्षाहरुमा सहभागिता रहेको स्पष्ट तथ्याकं पनि छ । तर के नेपाली कलेजहरुले अनलाईन साक्षर बिधार्थी तयार गर्न प्रविधि मुलक शिक्षण अपनाएको छ त ? गम्भीर चुनौतिको बिषय छ ।

यसै क्रममा काठमाण्डौं कालीमाटीको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटले भर्खरै आफ्नो प्लस २ साइन्सका बिधार्थीका लागि अनलाइन सिस्टम ल्याएको छ ।

उक्त अनलाइन सिस्टमको सहकार्य कलेज अफ सेन्ट्रल स्टेट ले स्याटसम SATSOM नामक प्रविधी र डिजीटल पाठ्यक्रम सामाग्री उत्पादक संग गरेको बताइएको छ ।

यस अनलाइन लर्निगं पोर्टलबाट बिधार्थीहरुले

१) स्याटसम सस्क्राइव गर्ने बिधार्थीहरुले घरमा नै बसी प्राक्टिस टेस्ट गर्न सक्ने छन ।
२) आफ़ुलाइन कठिन लागेका प्रश्न स्याटसम सस्क्राइव गरेका साथीभाइ तथा शिक्षक बीच छलफल गर्न सकिने
३) आफुले कति पढेको छु र कति पढ्न बाकि छ भनेर हेर्न सकिने
४) शिक्षक र विधार्थीकको लागी छुट्टा छुट्टै लगइनको माध्यम भएको
५) सम्पूर्ण बिषयका नोटहरु अनलाइन हेर्न सक्ने
६) र एमबीबीएस र ईन्जिनियरिङका प्रवेश परीक्षाका मक जाँच र पुराना प्रश्नपत्रहरु हेर्न र जाँच दिन सक्ने छन् ।

यसो गर्दा तत्कालै रिपोर्ट थाहा हुने, आफ्नो प्रवेश परीक्षामा नाम निस्कनसक्ने संभाव्यता लगायत अन्य बिभिन्न कुराहरुमा सहयोग हुने बताइन्छ ।

संभवत यो नेपालमै पहिलो पूर्ण अनलाइन पोर्टल हो भनी कलेजका चिफ रमेश घिमीरेले बताउनुभएको छ ।

नेपालको शैक्षिक प्रणालीमा यसरी कलेजहरुको अनलाइन मोह र डिजीटल आवश्यक्ताले गर्दा आँउदा पुस्तालाई पठनपाठन सहजता हुने भनें पक्कै छ ।

SATSOM चाँही नेपालभरिका प्लस २ साइन्स कलेजको अनलाइन नेटवर्कका रुपमा काठमाण्डौ भित्र र बाहिरका कलेजहरुको सदस्यता थप्ने क्रममा रहेको बताइन्छ । डिजीटल यूगको डिजीटल सहयात्रालाई बधाई ।

नोट: स्याटसम मार्फत पढेर टप गर्ने बिधार्थीलाइ चाइनाको जियान प्रान्तमा ईन्जिनियरिङ पढको लागी फुलस्कलरशिपको समेत ब्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *