प्रचण्डको किन फेरियो अभिव्यक्ती ? गगनपथ पछ्याउँदै काफ्लेले भने,’सरकार नेविसंघलाई नजिस्क्याउनु

आज माघ २५ गते शुक्रवार अर्को माओवादी जन्मन सक्छः प्रचण्ड भन्दै अनलाइनखबरले समाचार लेखेको छ। प्रचण्डको यो अभिव्यक्ती आज अधिकाशं अनलाइन मिडियाको मेन न्यूज बनेको छ।  सोसल मिडियामा भाइरल भएको छ।

हिजो मात्रै प्रचण्डले चितवनबाटै भेनेजुयला प्रकरणबारे बोलेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएपछि प्रचण्डले भनेका थिए, ‘नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन।पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो। व्याक्तीको कुराको पछि नलागौ।’

भेनेजुयला प्रकरणबारे प्रचण्ड र ओलीको दोहोरी हिजो अधिकाशं अनलाइन मिडियाको मेन न्यूज थियो।

आज फेरि सार्वजानिक कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाए। शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको आरोप लगाए। कसैको नाम नलिइकन प्रचण्डले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनीसमेत दिए।

‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ’ उनको अभिव्यक्ती थियो। उनले कार्यक्रमभरि नै सरकारको आलोचना गर्दै भनेका थिए, ‘ ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?  ।’

केही दिनयता प्रचण्डको अभिव्यक्ती  फेरिँदै गएको छ। के कारणले प्रचण्ड प्रम ओली र सरकारविरुद्ध बोलिरहेका छन त ? 

विश्लेषकको टिप्पणी– प्रचण्डलाई शक्ति चाहिएको छ !  भन्दै खबरहबले लेखेको छ।

झलक सुवेदी, मुमाराम खनाल र हरिबोल गजुरेलले प्रचण्डलाई शक्ति चाहिएको स्पष्ट रुपमा उल्लेख गरेका छन।

मुमाराम खनालले भनेका छन्,’पार्टीभित्र सही भूमिका नपाएका कारण प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । आफूले प्रधानमन्त्री पद पाउने पनि टुंगो नभएपछि उनमा असन्तुष्टि झन् बढेको देखिन्छ।’

वाम विश्लेषक झलक सुवेदीले पनि खनालको कुरामा सहमती जनाउँदै भनेका छन्, ‘एमाले पक्षलाई दवावमा राख्न प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।केपी ओलीले पार्टी र सरकार सञ्चालनमा प्रचण्डसँग सरसल्लाह कम गरेकाले दवाव र असन्तुष्टिका रुपमा यस्तो अभिव्यक्ति आएको हुनुपर्छ।’

उधारोमा टिकट बेच्दा नेपाल वायुसेवा निगमले २५ करोड रुपैयाँभन्दा बढी घाटा सहनु परेको छ।

सार्वजनिक लेखा समितिमा निगमले शुक्रबार पठाएको कामकारबाहीको विवरणमा टिकट बेचेवापत् उठाउन बाँकी बक्यौता रकम २५ करोड ६७ लाख रुपैयाँ रहेको उल्लेख छ।

निगमले केही वर्षयता आर्थिक संकट भोग्दै आएको छ।

उधारोमा टिकट बेच्दा वायुसेवा निगमलाई २५ करोड घाटा, परराष्ट्रबाट मात्रै झण्डै ५ करोड उठाउन बाँकी भन्दै पहिलोपोस्टले लेखेको छ।

पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अधिकारीलाई ह्याम्स अस्पताल भर्ना गरिएको छ। स्वासप्रस्वासमा समस्या देखिएर अस्पताल लगिएको उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ।फोक्सोमा कफ जमेको र श्वासप्रस्वासमा समस्या देखिएको उनलाई अस्पताल भर्ना गरिएको हो।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालको आइसियूमा : के भएको हो उनलाई? भन्दै पहिलोपोस्टले लेखेको छ।

सरकारले ग्याँसको कारोबारलाई मर्यादित र व्यवस्थित गर्नका लागि ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा ल्याउने भएको छ। छिट्टै नै यो अवधारणा लागु गर्ने सरकारको निती रहेको छ।

अब ग्यास बिक्री गर्न के के मापदण्ड चाहिन्छ त ?

ग्याँसको छुट्टै पसल हुनुपर्छ।

ग्याँस बेच्ने व्यापारी ग्याँस प्रयोगको सम्बन्धमा तालिम प्राप्त हुनेपर्ने छ।

ग्याँस पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रक्रिया पुरा गरी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बिक्रेता प्रमाणीकरणको प्रमाणपत्र हुनुपर्ने छ।

ग्याँस विक्रेता प्रमाणीकरणको अवधारणा भित्र ग्याँसको छुट्टै पसल हुनुपर्नेछ।

सम्बन्धित कम्पनीले बिक्रीको अनुमति दिएको हुनुपर्नेछ।

ग्याँसको प्रयोग सम्बन्धमा तालिम प्राप्त बिक्रेता हुनुपर्नेछ।

ग्याँस पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र हुनुपर्नेछ।

मूल्य सूची हुनुपर्नेछ।

तराजु हुनुपर्नेछ।

सरकारले ल्यायो छुट्टै ग्याँस पसल हुनुपर्ने मापदण्ड पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र अनिवार्य भन्दै सेतोपाटीले लेखेको छ।

सरकारले निर्णय नसच्याए सिंहदबार घेर्ने वायुदेवता गुठी पीडितहरुको चेतावनी भन्दै रातोपाटीले लेखेको छ।

सनातन कालदेखि जग्गाधनी प्रमाण पुर्जा पाएकोमा अहिले आएर गणतान्त्रिक सरकारले मोही कायम गरेकोमा श्री ५ को वायुदेवता गुठी संघर्ष समितिले कडा आपत्ति जनाएको छ। जग्गाधनी पुर्जा पाएकोमा अहिले आएर मोही कायम गरिनु सरासर अन्याय भएको भन्दै समितीले पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्लनमा नेपाली कांग्रेस, नेकपा र राप्रपा नेपालका नेताहरु समेत सहभागी थिए। उनीहरुले पनि सरकारलाघ निर्णय सच्याउन आग्रह गरेका थिए।

समितिले सरकारलाई उक्त गलत निर्णयबाट तत्काल ब्याक हुन पनि आग्रह गरेको छ।

कास्कीमा सरकारी गाडी जलाउने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु साधारण तारेखमा रिहा भएका छन्। उनीहरु गत शनिवार पक्राउ परेका थिए।

नेताहरु रिहाइ भएपछि नेवीसंघका महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस नेता गगन थापाको डाइलग कपी गरेका छन। थापाले गत साता संसदमा बोल्दै ‘कांग्रेसलाई जस्ले जिस्काउँछ त्यो  सिद्दिन्छ’ भनेका थिए। त्यतिबेला सरकारले  प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो। आज काफ्लेले गगनपथ पछ्याउँदै फेसबुक स्टाटस लेखेका छन्, ‘ज्यानमारा, बलात्कारी, अर्बौ रुपैयाँको भ्रष्टाचार गर्नेलाई समात्न नसक्ने यो सरकारलाई नेविसंघ पुनः नजिस्क्याउन आग्रह गर्दछ।’

सरकारी गाडी जलाउने नेविसंघ नेताहरु साधारण तारेखमा रिहा भन्दै बाह्रखरीले लेखेको छ।

राष्ट्रपति विद्यादेवी भणडारीले तीन राजदुतलाई सपथ गराइन भन्दै नेपाललाइभले लेखेको छ।

उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्व संस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

त्यस्तै ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४५ देशको प्रस्ताव’ भन्दै नेपालखबरले लेखेको छ।

नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन्। संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरेको थिइन।

भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन कांग्रेसको माग भन्दै देशसञ्चारले लेखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *