अन्टार्टिकाको बरफ पग्लेर ठूलो खाल्डो भएपछि वैज्ञानिकहरु आतंकित बनेका छन्। अमेरिकाको म्यानह्याटन राज्यको पुरा क्षेत्रफलमध्ये त्यसको २ तिहाई क्षेत्रफल जत्तिनै अन्टार्टिकाको पश्चिम क्षेत्रमा खाल्डो परेको द न्यूयोर्क टाइम्सले छ।
खाल्डोमा भएको पानी र माथिल्लो भागको उचाइ हजार फिट मापन गरिएको छ। बरफ तिव्र गतिमा पग्लिएपछि वैज्ञानिकहरु त्रसित भएका छन्।
अध्ययनका अनुसार जत्रो खाल्डो अन्टार्टिकामा परेको छ, त्यसमा १४ अर्ब टन बरफ पग्लिएको छ। गएको ३ वर्षमा उक्त बरफ पग्लिएको जनाइएको छ।
अध्ययनका अनुसार अन्टार्टिकाको थवेट्स ग्लेसिएर क्षेत्रका बरफहरु पग्लिएका हुन्। त्यस क्षेत्रको निरिक्षण गर्न निकै गाह्रो हुने वैज्ञानिकहरुको भनाइ छ।
अन्तरिक्षबाट भू–उपग्रहले अन्टार्टिकामा भएको खाल्डोबारे जानकारी दिएको हो। बरफको ठूलो अंश पग्लिएपछि यसले समुन्द्रको सतह बढ्ने चेतावनी दिइएको छ।
गएको ४ दशकमा अन्टार्टिकाको २ सय ८० प्रतिशत बरफ पग्लिसकेका छन्। विश्वमा भइरहेको जलवायू परिवर्तनले अन्टार्टिकालाई असर गरेको बताइएको छ। एजेन्सी